महाधिवेशनबाट ओलीको नेतृत्वमा सर्वसम्मत कमिटी बन्छ : प्रदीप ज्ञवाली

ज्ञावलीले भने, “अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ । केन्द्रीय सदस्यमा धेरै साथीहरू आकांक्षी भएकाले मतदान हुन्छ।”

नेपालभ्युज

महाधिवेशनबाट ओलीको नेतृत्वमा सर्वसम्मत कमिटी बन्छ : प्रदीप ज्ञवाली
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको दशौँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन्। चितवनमा पत्रकारसँग कुरा गर्दै उनले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताएका हुन्।

ज्ञावलीले भने, “अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ। केन्द्रीय सदस्यमा धेरै साथीहरू आकांक्षी भएकाले मतदान हुन्छ।” केन्द्रीय सदस्य र अन्य कुनै एक/दुई पदबाहेक अन्य पद सर्वसम्मतमै टुंगिने उनको भनाइ थियो।

महाधिवेशनका लागि तयारी तीव्र पारिएकाले आज केन्द्रीय पदाधिकारी महाधिवेशन उद्घाटनस्थल र बन्दसत्र स्थलसमेत अनुगमन गर्न आएको सचिव ज्ञवालीले जानकारी दिए।

महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम २७ कात्तिकमा हुने उल्लेख गर्दै ज्ञवालीले भने, “२७ गते देशभर र प्रवासमा समेत प्रतिनिधि छनोट गरिने छ।” महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई निम्ता गर्ने काम सकिएको सचिव ज्ञवालीले जानकारी दिए।

पार्टीभित्र अहिले देखिएका केही समस्या समाधान गरेर अघि बढ्ने चर्चा गर्दै ज्ञवालीले भने, “पालिका र जिल्लामा त्यस्तो समस्या छैन। केही साथीको कार्यविभाजनमा असन्तुष्टि रहेको छ। यो समाधान हुँदै जान्छ।”

पार्टी आज एकताको मनोविज्ञान र १० बुँदेपछि जोडिएका साथीहरूको मनोविज्ञानका आधारमा अघि बढ्ने जानकारी दिँदै ज्ञवालीले भने, “दशौँ महाधिवेशन अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत अघि बढ्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved