जलवायु परिवर्तनको मुद्दामा हालसम्मकै ठूलो प्रदर्शन

कोप २६ का दौरान यस्ता प्रदर्शन विश्वका अन्य स्थानमा पनि भए पनि ग्लास्गोमा आयोजना भएको प्रदर्शन सबैभन्दा ठूलो भएको दाबी गरिएको हो।

नेपालभ्युज

जलवायु परिवर्तनको मुद्दामा हालसम्मकै ठूलो प्रदर्शन

एजेन्सी । जलवायु परिवर्तनका सम्बन्धमा थप कदम चाल्न माग गर्दै करिब १ लाख मानिसले ग्लास्गोमा प्रदर्शन गरेको आयोजकले दाबी गरेका छन्।

कोप २६ का दौरान यस्ता प्रदर्शन विश्वका अन्य स्थानमा पनि भए पनि ग्लास्गोमा आयोजना भएको प्रदर्शन सबैभन्दा ठूलो भएको दाबी गरिएको हो।

प्रदर्शनलाई जलवायु परिवर्तनक अभियान्ता ग्रेटा उपस्थित भए पनि प्रदर्शनलाई सम्बोधन भने गरिनन्। ग्रेटा थुनबर्गले सम्मेलनलाई सम्बोधन नगरेर अर्की अभियान्ता भेनेसा नकाटेलाई सम्बोधन गर्ने अवसर दिएकी छन्।

माखेसांलो बनाएर प्रदर्शनमा उत्रिएका २१ वैज्ञानिकलाई प्रहरीले गिरफ्तार गरेको छ। बाटो अवरुद्ध गरेर प्रदर्शन गरेको भन्दै ती वैज्ञानिकलाई गिरफ्तार गरेको प्रहरीको दाबी छ।

प्रहरीले वैज्ञानिकसँगै अन्य प्रदर्शनकारीलाई पनि हिरासतमा लिएको थियो। प्रदर्शनका क्रममा आतिशवाजी गरेको भन्दै उनीहरूलाई हिरासतमा लिएको हो। यद्यपि, प्रहरीले ‘प्रदर्शनका क्रममा ठूलो घटना नभएको’ दाबी गरेको छ।

‘जलवायु परिवर्तनका लागि वैश्विक न्याय’ नारा दिइएको प्रदर्शन स्कटल्याण्ड ग्लास्गो शहरको पश्चिम भाग केल्विंग्रोव पार्क र दक्षिणको कुइन्स पार्कबाट शुरुभई तीन माइलको यात्रा पश्चात ग्लास्गो ग्रिनमा पुगी समाप्त भएको थियो।

यस्तै अन्य भागमा जलवायु परिवर्तनलाई लिएर सयौँ प्रदर्शन आयोजना गरिएको थियो। यस्तै बेलायत, केन्या टर्की, फ्रान्स, ब्राजिल, क्यानेडा लगायत अन्य देशहरूमा पनि प्रदर्शनको आयोजना गरिएको थियो।

लण्डनमा प्रदर्शनकारीहरू बैंक अफ इंग्ल्याण्डबाट शुरु भएको प्रदर्शन ट्राफलगर स्क्यारसम्म आयोजना भएको थियो। यस्तै शहरकै अर्को स्थान कार्डिफमा पनि प्रदर्शन आयोजना भएको थियो।

ग्लास्गो ग्रिनमा आयोजना गरिएको सम्बोधन कार्यक्रमलाई विश्वका आदिवासी समूहका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए।

युगाण्डकी अभियान्ता भेनेसा नकाटेले प्रदर्शनपछि प्रदर्शनमा सहभागीहरूलाई भनिन्ः ‘यहाँ जलवायु परिवर्तन र पर्यावरणसम्बन्धी समस्या छ छदैँ छ, तर, विश्वका विभिन्न भागबाट आएका मानिसहरू पनि छन्।’

यस्ता प्रदर्शनलाई नेतृत्व प्रदान गर्ने क्षमता हाम्रो नेताहरूसँग छैन। प्रदर्शनमा तपाई हामी जस्ता मानिसको सहभागीता हुनुपर्छ, त्यसपछि मात्रै माग सम्बोधन हुनसक्छ। जब हामी धेरै मानिसको उपस्थितिमा यस्तो आन्दोलन चलाउँछौँ, हाम्रा नेताहरू माग सम्बोधन गर्न बाध्य हुन्छन्।’

ग्रेटा थनबर्गले यस्ता प्रदर्शनलाई पहिला नै सम्बोधन गरिसकेकाले ग्लास्गोमा भएको प्रदर्शनमा अन्य अभियान्तालाई सम्बोधनको अवसर प्रदान गरेको बुझ्न सकिन्छ। उनले यसअघि ९ नोभेम्बरमा जलवायु परिवर्तनसम्बन्धी आयोजना भएको प्रदर्शनलाई सम्बोधन गरेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved