पाकिस्तान टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा

गएराति नामिबियालाई पराजित गर्दै पाकिस्तानले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। उसले नामिबियालाई ४५ रनले पाखा लगायो। यसअघि, इंग्ल्याण्डले पनि सेमिफाइनलमा स्थान बनाइसकेको छ।

नेपालभ्युज

पाकिस्तान टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा

काठमाडौं। पाकिस्तान टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। पाकिस्तान यूएईमा जारी आईसीसी विश्वकप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको हो।

गएराति नामिबियालाई पराजित गर्दै पाकिस्तानले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। उसले नामिबियालाई ४५ रनले पाखा लगायो। यसअघि, इंग्ल्याण्डले पनि सेमिफाइनलमा स्थान बनाइसकेको छ।

आबुधाबीमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित ओभरमा २ विकेट गुमाएर १८९ रन बनायो। उसका लागि मोहम्मद रिजवानले ७९ तथा कप्तान बाबर अजामले ७० रन बनाए।

१९० रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नामिबिया ५ विकेट गुमाउँदै मात्र १४४ रनमा समेटियो। उसका लागि डेविड वाइजले ४३ तथा सिराग विलियम्सले ४० र स्टेफन बार्डले २९ रन बनाए।

नामिबियामाथिको जितसँगै समूह २ मा पाकिस्तानले ४ खेलबाट ८ अंक जोड्यो। उसले आफूभन्दा एक खेल कम खेलेको अफगानिस्तानसँग ४ अंकको अग्रता बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved