‘अदालतभित्रको गुटबन्दी अन्त्य गर’

न्यायमा ढिला गर्नु भनेको अन्याय गर्नु जस्तै भएको भन्दै उनीहरुले न्यायालयले न्याय सम्पादनको काम रोक्न नहुने बताए।

नेपालभ्युज

‘अदालतभित्रको गुटबन्दी अन्त्य गर’

काठमाडौं। सर्वोच्च अदालतमा चरम गुटबन्दी रहेको भन्दै अधिवक्ताहरु प्रदर्शनमा उत्रिएका छन्। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरु आन्दोलनमा उत्रिएपछि अदालत चल्नुपर्ने मागसहित वकिलहरु प्रदर्शनमा उत्रिएका हुन्।

अधिवक्ता सौगात नेपालहरुको समूहले माइतीघरमा अदालतमा देखिएको चरम गुटबन्दीको विरोधमा प्रदर्शन गरेको हो। उनीहरुले अदालतले न्याय सम्पादनको काम रोक्न नहुने भन्दै इजलास सञ्चालनको माग गरेका छन्।

न्यायमा ढिला गर्नु भनेको अन्याय गर्नु जस्तै भएको भन्दै उनीहरुले न्यायालयले न्याय सम्पादनको काम रोक्न नहुने बताए। उनीहरुले कुशासनको अन्त्य गर, दबाबको शासन अन्त्य गर, विधिको शासन लागू गर लगायतका नारा भएका प्लेकार्ड बोकेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved