सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढ्यो

नेपालभ्युज

सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ कायम भएको छ। छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँँ दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ हुनेछ जसको मूल्य शुक्रबार प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २६० पुगेको छ। चाँदी शुक्रबार प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved