सरकार विस्तारको तयारी : भोलि गठबन्धन बैठक

नेपालभ्युज

सरकार विस्तारको तयारी : भोलि गठबन्धन बैठक
फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (बिहीबार) सत्ता गठबन्धनको बैठक बोलाएका छन्।

गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डा टुंगो लगाउने र मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ। प्रधानन्त्रीको सचिवालयका अनुसार बैठकको समय भने तय भइसकेको छैन।

प्रधानमन्त्री देउवाले आज बिहान मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए। सरकारले दल विभाजन अध्यादेश खारेजपछि सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डामा कुरा मिल्न सकेको छैन।

तर कुन दलले कति संख्यामा मन्त्रालय लिने विषयमा भने सत्तागठबन्धन दलहरूबीच अनौपचारिक सहमति भएको छ। नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ७ वटा मन्त्रालय, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) पार्टी, जनता समाजवादी पार्टीले एक राज्यमन्त्रीसहित ६ वटा मन्त्रालय पाउनेछन्।

गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा भने सरकारमा नजाने बताइसकेको छ। प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम दिन सत्ता गठबन्धनमा रहेका दलहरूसँग आग्रह गर्दै आएका छन्।

अर्कोतर्फ दलहरूले सरकारमा सामेल हुने मन्त्रीहरूको नाम पनि तय गर्न सकेका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved