१४ औँ महाधिवेशन

कांग्रेसले संशोधन गर्यो महाधिवेशन कार्यतालिका

नेपालभ्युज

कांग्रेसले संशोधन गर्यो महाधिवेशन कार्यतालिका

काठमाडौं। १४ औँ महाधिवेशनको क्रममा रहेको सत्तारुढ दल नेपाली कांग्रेसले कार्यतालिका परिवर्तन गरेको छ। वडा तहको अधिवेशनको अन्तिम चरणमा रहेको कांग्रेसले शुक्रबार कार्यतालिका संशोधन गरेको हो।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले एक विज्ञप्तिमार्फत् कार्यतालिका संशोधन भएको जनाएको छ। समितिका संयोजक महादेवप्रसाद यादवले विज्ञप्तिमार्फत कार्यतालिका संशोधन भएको बताएका हुन्।

अब नयाँ कार्यतालिकाअनुसार अधिवेशन बाँकी रहेका वडाहरुमा असोज ५ गते मात्रै अधिवेशन हुने भएको छ। यस्तै, स्थानीय तहको पािलका अधिवेशन असोज ९ गते हुने विज्ञप्तिमा उल्लेख छ।

वडा र स्थानीय तहको तालिका मात्रै परिवर्तन भएको निर्वाचन समितिले जनाएको छ। संयोजक यादवले जारी गरेको विज्ञप्तिमा केन्द्रीय महाधिवेशनको मिति भने यथावत राखिएको छ।

यस्ताे छ संशाेधित कार्यतालिका:


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved