१२ वर्षपछि युनाइटेडबाट खेल्दै रोनाल्डो

नेपालभ्युज

१२ वर्षपछि युनाइटेडबाट खेल्दै रोनाल्डो

एजेन्सी। सिरी ‘ए’बाट यसै सिजन प्रिमियर लिग पुगेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आज शनिबार लिगमा सिजनको पहिलो खेल खेल्ने भएका छन्।

पूर्वक्लब म्यानचेस्टर युनाइटेड फर्किएका रोनाल्डोले १२ वर्षपछि युनाइटेडबाट खेल्न लागेका हुन्।

युनाइटेडले आज न्युक्यासलको सामना गर्दैछ। युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले उक्त खेलमा रोनाल्डो प्लेइङ सेटमा रहने बताएका छन्।

प्रशिक्षकको स्टेटमेन्टसँगै ३६ वर्षीय रोनाल्डो मैदान उत्रने पक्का भएको हो।

५ पटकका फिफा बलुन डिओर विजेता रोनाल्डोले युनाइटेडमा गत सातादेखि नियमित अभ्यास गरिहेका छन्।

रोनाल्डो २ वर्षको सम्झौता गरेर क्लबमा फर्किएका हुन्। उनी थप एक वर्ष क्लबमै रहन सक्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved