सुर्खेत। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरमा खुकुरी प्रहार गरी फरार रहेका चार जना पक्राउ परेका छन् । विनय भण्डारी, नारायण डाँगी, प्रकाश रसाइली, तासे भन्ने प्रकाश थापालाई बाँकेको डुडुवा गाउँपालिका–२ दासपुरुवाबाट प्रहरी पक्राउ गरेको हो ।
आइतबार भारतीय नम्बर प्लेटको गाडीमा आएको समूहले धारिलो हतियार प्रहार गर्दा नेपालगञ्जमा तीन युवा घाइते थिए ।
घाइते हुनेहरूमा नेपालगञ्ज वडा नम्बर १२ का उज्ज्वल शाह, वडा नम्बर ४ का सुगम शाह र वडा नम्बर ४ कै अनुराग शाह छन् । उनीहरूलाई खुकुरी प्रहार गरेर भागेका चारै जनालाई प्रहरीले पक्राउ गरेको रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले बताए ।
प्रहरीका अनुसार उनीहरूले प्रयोग गरेको यूपी ३२ ईयू ८६१६ नम्बरको गाडी र उनीहरूले प्रयोग गरेको धारिलो हतियार पनि प्रहरीले बरामद गरेको छ ।
Facebook Comment
Comment