चार सवारी साधन दुर्घटना : मृतक किशोरको पहिचान खुल्यो

नेपालभ्युज

चार सवारी साधन दुर्घटना : मृतक किशोरको पहिचान खुल्यो
तस्वीर: मुग्लिङ बजार

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा ज्यान गुमाएका किशोरको पहिचान खुलेको छ ।

ती किशोर प्युठानको नौबहिनी गाउँपालिका-३ घर भएका १३ वर्षीय सोयन पुन रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा मध्यराति चारवटा सवारी साधन एकापसमा ठोक्किएका थिए ।

घटनामा ना ३ ख ७९१५ नम्बरको ट्रकका सहचालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ बर्षिय राजन सुवेदीको पनि मृत्यु भएको छ ।

दुर्घटनामा घाइते अन्य २१ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रवक्ता रिजालका अनुसार काठमाडौंबाट प्यूठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ जान आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved