०८४ मा एमालेलाई बहुमतमा पुर्‍याउनेगरी काम गर्न वरिष्ठ नेता पोखरेलको निर्देशन

नेपालभ्युज

०८४ मा एमालेलाई बहुमतमा पुर्‍याउनेगरी काम गर्न वरिष्ठ नेता पोखरेलको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ०८४ सालमा एमालेलाई बहुमतमा पुर्‍याउनेगरी काममा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

आईतवार पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले ०८४ सालमा पार्टीलाई बहुमतमा पुर्‍याउनेगरी काम गर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

उनले नेकपा(एमाले) राष्ट्रिय शक्तिको रुपमा स्थापित भएको भन्दै एमालेलाई निर्णायक बिन्दुमा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताए । उनले एमाले बलियो भएमात्रै राष्ट्रिय शक्ति बलियो हुने भन्दै एमाले कमजोर हुँदा राष्ट्रिय शक्ति कमजोर हुने बताए ।

उनले एमालेलाई बलियो बनाउन विचारमा स्पष्ट, संगठनमा सुदृढ र जनतामा स्थापित भएको नेतृत्व पार्टीले खोजेको बताए । उनले पार्टीलाई सुदृढ र मजबुत बनाउन नेतृत्वको आचरणहरुलाई पनि सुदृढ गर्नुपर्ने बताए ।

उनले भने,  ‘नेकपा(एमाले) आफैँ एउटा राष्ट्रिय शक्ति हो । एमालेले राष्ट्रिय शक्तिको रुपमा भुमिका खेल्दैछ । तर निर्णायक रुपमा नेकपा(एमाले)रुपी राष्ट्रिय शक्ति निर्णायक बिन्दुमा पुग्नुपर्ने आवश्यकता छ । त्यसको लागि हामीले योजनावद्ध ढंगले आफूलाई अगाडी बढाउनु जरुरी छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका नेता, कार्यकर्ताहरु पब्लिक अडिटमा रहने भन्दै पब्लिक अडिटमा बेरुजु निस्किने छुट आफूहरुलाई नभएको बताए। उनले व्यक्तिगत आचरण राम्रो बनाउन पनि आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved