भारतमा भएको कुराँश च्याम्पियनसिपमा नेपाल दोस्रो स्थानमा

नेपालभ्युज

भारतमा भएको कुराँश च्याम्पियनसिपमा नेपाल दोस्रो स्थानमा

काठमाडौं । भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा नेपालले सन्तोषजनक प्रदर्शन गरेको छ ।

नेपाल २ स्वर्ण र ३ रजत पदकसहित दोस्रो भएको छ । २ दिने प्रतियोगितामा आयोजक भारत, नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका खेलाडी सहभागी भएका थिए ।

नेपालका दिक्षा मगर, योगेन्द्र विष्टले स्वर्ण पदक जितेका छन् । यस्तै परी घर्तीमगर, अर्जुन क्षेत्री र सिनियर ८७ केजीमाथि दीपिका अछाजुले रजत पदक प्राप्त गरे ।

दिक्षा मगर जुनियरतर्फ उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved