ट्रम्पविरुद्धको मुद्दामा सुनुवाइ भइरहँदा अदालतबाहिर आत्मदाह

नेपालभ्युज

ट्रम्पविरुद्धको मुद्दामा सुनुवाइ भइरहँदा अदालतबाहिर आत्मदाह

काठमाडौं । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प(Trump)विरुद्धको मुद्दामाथि सुनुवाइ भइरहेको अदालतबाहिर एक व्यक्तिले आफूलाई आगो लगाएका छन् ।

म्यानहट्टनस्थित अदालत अगाडि आत्मदाहअघि उनले सञ्चारमाध्यमहरुका लागि पर्चा फालेका थिए ।

प्रहरीका अनुसार आत्मदाह गर्ने व्यक्ति म्याक्सवेल अजरेलो हुन् । तर उनले आत्मदाह गर्नुको कारण अझै खुलेको छैन । उनी गत हप्ता मात्रै फ्लोरिडाको आफ्नो घरबाट न्यूयोर्क आएको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार न्यूयोर्कमा उनको कुनै आपराधिक रेकर्ड छैन ।

फ्लोरिडामा रहेका उनको परिवारलाई अजरेलो न्युयोर्क आएको जानकारी नभएको प्रहरीले जनाएको छ ।

घटनाअघि अजरेलोलाई पार्कमा वरिपरि घुम्दै गरेको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । आत्मदाहबाट उनका शरिरका अधिकांस भाग नराम्रोसँग जलेका छन् ।

सुरक्षाकर्मीले तुरुन्तै आगो निभाएका थिए । उनलाई गम्भीर अवस्थामा अस्पतालको बर्न सेन्टरमा लगिएको न्युयोर्कका प्रहरी प्रमुख जेफ्री म्याड्रीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved