लखनउद्वारा चेन्नई ८ विकेटले पराजित

नेपालभ्युज

लखनउद्वारा चेन्नई ८ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग IPL(आइपीएल) क्रिकेटमा लखनउ सुपर जाएन्टले चेन्नई सुपर किङ्सलाई हराएको छ ।

गएराति सम्पन्न खेलमा लखनउले चेन्नईलाई ८ विकेटले हराएको हो । चेन्नईले दिएको १७७ रनको विजयी लक्ष्य लखनउले १९ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो । लखनउलाई जिताउन कप्तान केएल राहुल र क्विन्टन डी ककले अर्धशतक बनाएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

९ बल खेलेका धोनीले २ छक्का र ३ चौकाको मद्दतमा नटआउट २८ रन जोडे । रविन्द्र जडेजाले ५७ रन बनाए । ४० बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । अजिन्के रहानेले ३७, मोइन अलीले ३० र रितुराज गायकवाडले १७ रन बनाएका थिए ।

जितसँगै लखनउ तालिकाको पाँचौ स्थानमा छ भने समान ७ खेलमा ८ अंक रहेको चेन्नई तेस्रो स्थानमा छ । आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved