जमानत पाउन केजरीवालले जानाजान मिठाई खाइरहेको ईडीको आरोप

नेपालभ्युज

जमानत पाउन केजरीवालले जानाजान मिठाई खाइरहेको ईडीको आरोप

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल कथित मदिरा घोटाला मुद्दामा तिहाड जेलमा छन्।

दिल्लीको राउज एभिन्यू अदालतमा केजरीवालको याचिकामा सुनुवाई भइरहेको छ ।

सुनुवाईका क्रममा ईडीले चिकित्सा आधारमा जमानत पाउनको लागि केजरीवालले जानाजान मिठाई खाइरहेको आरोप लगाएको छ । शरिरमा चिनीको मात्रा बढोस् अनि चिकित्सा आधारमा जमानत पाइन्छ भन्ने केजरीवालको मनासाय रहेको ईडीले जनाएको छ ।

ईडीले अदालतमा सुनुवाईका क्रममा केजरीवाललाई टाइप–२ मधुमेह भएको तर, जेलमा आलु पुरी, आँप र मिठाई खाइरहेको बताएको छ ।

यो उनले नियतवश गरिरहेको ईडीको आरोप छ ।

ईडीले भनेको छ, ‘अदालतले उनलाई घरको खाना खान अनुमति दिएको छ । जेल डीजीले हामीलाई केजरीवालको आहारको सूची पठाउनुभएको छ । उनलाई रक्तचापको समस्या छ । तर, उनले के खाइरहेका छन् हेर्नुहोस्, आलु पुरी, केरा, आँप र अत्यधिक मीठो चीजहरू।’

ईडीले यसअघि भन्यो, ‘हामीले कहिल्यै सुनेका छैनौं कि टाइप-२ मधुमेहबाट पीडित व्यक्तिले यस्तो चीज खान्छ । तर, उनी दिनहुँ आलु, पुरी, आँप र मिठाई खाइरहेका छन् । जमानत पाउनका लागि यो सबै भइरहेको छ ।’

अब यस विषयमा भोलि सुनुवाइ हुने अदालतले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved