आगामी ४८ घण्टाभित्र इरानले इजरायलमा आक्रमण गर्नसक्ने

नेपालभ्युज

आगामी ४८ घण्टाभित्र इरानले इजरायलमा आक्रमण गर्नसक्ने

काठमाडौं । इरानले २४ देखि ४८ घण्टा भित्रमा इजरायलमा आक्रमण गर्नसक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ब्लूमबर्गका अनुसार सिरियाको दमास्कसमा इरानी वाणिज्य दूतावासमा इजरायली आक्रमणको बदलामा इरानले आक्रमण गर्न लागेको हो ।

अप्रिल १ एलिट कुड्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी र उनका डेपुटी ब्रिगेडियर जनरल मोहम्मद हादी हाजी-रहिमीसहित सात इरानी अधिकारीको मृत्यु भएको थियो ।

इदको अवसरमा टेलिभिजन सम्बोधनका क्रममा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले जसरी पनि इजरायलसँग बदला लिने बताएका छन् ।

यसैबीच इरानले आक्रमण गर्ने लगभग पक्का भइसकेको उल्लेख गर्दै अमेरिकाले इजरायललाई यसबारे सूचना दिइसकेको ब्लूमबर्गले जनाएको छ ।

यता, इजरायली विदेश मन्त्री इजराइल काट्जले इजरायलविरुद्ध इजराइलविरुद्ध आक्रमण गरे आफ्नो सेनाले सिधै इरानमाथि आक्रमण गर्ने धम्की दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved