राष्ट्रपति पौडेलद्वारा छिन्नमस्ता मन्दिरमा पूजाअर्चना, भन्छन् : सप्तरी मेरो मुटुमा छ (तस्वीरसहित)

नेपालभ्युज

राष्ट्रपति पौडेलद्वारा छिन्नमस्ता मन्दिरमा पूजाअर्चना, भन्छन् : सप्तरी मेरो मुटुमा छ (तस्वीरसहित)

राजविराज । राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरीको प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा मंगलबार बिहान पुजा अर्चना गरेका छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका- ३ मा रहेको धार्मिक एवं पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा राष्ट्रपति पौडेलले बिशेष पूजा गर्नुका साथै टीका, फूल तथा प्रसाद ग्रहण गरेका थिए ।

राष्ट्रपति पौडेल मन्दिरमा पुग्दा सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउँपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए । सो अवसरमा गाउपालिका अध्यक्ष विधानन्नद चौधरीले राष्ट्रपति पौडेललाई मायाको चिनो प्रदान गरेका थिए ।

मन्दिर दर्शनपछि आयोजित समारोहमा पौडेलले छिन्नमस्ता तराई-मधेशको प्राचीन र ऐतिहासिक शक्तिपिठ भएको बताउँदै यस्तो पवित्र भूमिमा राष्ट्रको अभिभावकीय रूपया आउँदा खुसी लागेको उल्लेख गरेका थिए ।

उनले कोशी (कमला डाइभर्सन)को काम सम्पन्न गरेर यो क्षेत्रमा कृषि क्रान्ति गर्न ज़रूरी रहेको उल्लेख गर्दै भने, ‘सप्तरी मेरो मुटुमा छ । यो जिल्लाको हरेक कुरामा म साथमा छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved