अमेरिकामा भारतीय विद्यार्थीको हत्याका घटना बढ्दै

नेपालभ्युज

अमेरिकामा भारतीय विद्यार्थीको हत्याका घटना बढ्दै

काठमाडौं । अमेरिकाको ओहायो राज्यमा एक भारतीय विद्यार्थीको हत्या भएको छ ।

न्यूयोर्कस्थित भारतीय महावाणिज्य दूतावासले प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । हत्याको कारण भने अहिलेसम्म खुलेको छैन ।

भारतीय महावाणिज्य दूतावासले सामाजिक सञ्जाल प्लेटफर्ममार्फत् घटनाको कारण पत्ता लगाउन प्रयास भइरहेको जनाएको छ ।

अमेरिकामा बसोबास गर्दै आएका भारतीय र भारतीय मूलका विद्यार्थीको हत्या हुने घटनाहरू बढिरहेका छन्।

उमा सत्य साईको हत्या अमेरिकामा बसोबास गर्ने भारतीय समुदायलाई स्तब्ध पार्ने पछिल्लो घटना हो।

यो वर्ष कति भारतीयमाथि आक्रमण भयो ?

यो वर्ष करिब आधा दर्जन भारतीय विद्यार्थीमाथि घातक हमला भएको छ ।

गत मार्चमा ३४ वर्षीय क्लासिकल डान्सर अमरनाथ घोषको गोली हानी हत्या गरिएको थियो ।

मोहम्मद अब्दुल अराफात मे २०२३ मा क्लिभल्याण्ड युनिभर्सिटीमा पढ्न गएका थिए । तर, यो वर्ष मार्च ७ देखि बेपत्ता छन्।

फेब्रूअरीमा भारतीय विद्यार्थी समीर कामथ मृत फेला परेका थिए, जबकि आईटी कार्यकारी विवेक तनेजालाई घातक हमला गरिएको थियो।

केही दिनदेखि बेपत्ता अर्का विद्यार्थी निल आचार्य जनवरी ३० मा मृत फेला परेका थिए ।

जनवरी २९ मा एक घरबारविहीन व्यक्तिले भारतीय विद्यार्थी विवेक सैनीलाई पसलभित्र हथौडा प्रहार गरी हत्या गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved