श्रीदेवीको बायोपिकको कुरामा किन रिसाए बोनी कपूर ?

नेपालभ्युज

श्रीदेवीको बायोपिकको कुरामा किन रिसाए बोनी कपूर ?

एजेन्सी । श्रीदेवीले आफ्नो करिअरमा चाँदनी, खुदा गवाह, लाडला र इंग्लिश विंग्लिश जस्ता कयौं शानदार फिल्ममा काम गरिन् ।

व्यावसायिक सँगै व्यक्तिगत जीवनलाई लिएर पनि उनी चर्चामा रहन्थिन् । केही समयदेखि अभिनेत्रीको बायोपिक बन्ने कुरा आइरहेको थियो तर, अभिनेत्रीका पति बोनी कपूर यस विषयमा रिसाएका छन् ।

बोनी कपूर र श्रीदेवीको प्रेम कथाको बारेमा धेरैलाई थाहा भएकै कुरा हो । तर अहिलेका दिनमा खुलेर बोनी कपूरले आफ्नो कुरा राख्ने गरेका छन् ।

विगत केही समयमा उनले आफ्नी श्रीमती तथा परिवारलाई लिएर धेरै रहस्यमय कुरा बाहिर ल्याएका छन् । श्रीदेवीको निधनपछि प्रसंशकले उनको जीवनलाई एकपटक फेरि पर्दामा हेर्न चाहन्छन् । तर, बोनी कपूरलाई भने उनको जीवन माथि फिल्म बनाउने कत्ति पनि इच्छा छैन ।

एक भारतीय पत्रिकामा छापिएको अन्तरवार्तामा उनले भने, “श्रीदेवी एकदमै अन्तरमुखी स्वभावकी थिइन् र उनले जीवनलाई व्यक्तिगत राख्न नै मन पराउँथिन् । आज उनी छैनन् तर त्यस्तै रहनुपर्छ । सायद नै उनको बायोपिक बन्नेछ, जबसम्म म जिउँदो छु कहिल्यै उनको बायोपिक बन्न दिने छैन ।”

बोनी कपूर अहिले आफ्नो फिल्मको प्रमोशनमा सक्रिय छन् । जहाँ उनले श्रीदेवीको बारेमा पनि केही कुरा गर्ने गर्छन् । प्रायः श्रीमतीको बारेमा पत्रकारले गरेको प्रश्नमा उनी भावूक हुने गर्छन् ।

सन् २०१८ मा श्रीदेवीको निधन भएको थियो । श्रीदेवी बोनी कपूरकी दोस्रो श्रीमती थिइन् । छिट्टै बोनी कपूरको फिल्म ‘मैदान’ सिनेमाघरमा आउँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved