साई स्वागत सहकारीमा छापा मारेपछि गृहमा रवि र बालेनबीच भेटवार्ता

नेपालभ्युज

साई स्वागत सहकारीमा छापा मारेपछि गृहमा रवि र बालेनबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेटवार्ता गरेका छन् ।

बुधबार दिउँसो महानगरपालिकाको सहकारी विभागले गृहमन्त्री पत्नी निकिता पौडेल आबद्ध साई स्वागत सहकारीमा छापा मारेपछि गृहमन्त्री लामिछानेले मेयर साहलाई मन्त्रालयमा बोलाएर भेटेका हुन् ।

मेयर साहको सचिवालयले उक्त भेटवार्तामा समसामयिक विषयमा छलफल भएको जनाएको छ । महानगरपालिकाले गृहमन्त्री पत्नी आबद्ध सहकारीमा छापा मार्नु र मेयर बालेनले गृहमन्त्री भेट्नु संयोग मात्रै भएको सचिवालयका सदस्यले बताए ।

गृहमन्त्री लामिछानेकी पत्नी निकिता पौडेल साई स्वागत बचत तथा ऋण सहकारी संस्थाकी निवर्तमान उपाध्यक्ष हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved