पोखरा विश्वविद्यालयलाई शिक्षण अस्पताल सञ्चालनको अनुमति, सर्त पालना भए स्थायीरूपमा चलाउन सकिने

नेपालभ्युज

पोखरा विश्वविद्यालयलाई शिक्षण अस्पताल सञ्चालनको अनुमति, सर्त पालना भए स्थायीरूपमा चलाउन सकिने

काठमाडौं । पोखरा विश्वविद्यालय (पीयू)ले शिक्षण अस्पताल सञ्चालनको अनुमति पाएको छ ।

गण्डकी प्रदेश सरकारले एक सय शय्यासम्मको अस्पताल सञ्चालनका लागि पीयू (Pokhara University) लाई अनुमति दिएको हो । अस्पताल सञ्चालनको अनुमति प्रदेश सरकारले दिने कानुनी व्यवस्था छ । त्यसमाथिको अनुमति भने सङ्घ सरकारले दिनेछ ।

सर्त पालना गर्ने गरी ६ महिनाका लागि अस्पताल सञ्चालनको अनुमति दिइएको जानकारी दिँदै प्रदेशका स्वास्थ्य सचिव डा विनोदविन्दु शर्माले सर्तहरू पालना भए स्थायी रूपमा सञ्चालन अनुमति दिइने बताए ।

अनुमति दिनुअघि जनरल वार्ड र जनशक्तिको राम्रो व्यवस्थापन, सिएसएसडी, लन्ड्री र ब्लड बैंकको उचित व्यवस्थापन, एम्बुलेन्सको व्यवस्था, इएमआर सिस्टम, फार्मेसीलाई पर्याप्त ठाउँमा स्थानान्तरण, फोहोरको उचित व्यवस्थापन लगायत सर्तबारे सरकारले स्थलगत अनुगमन गरेको थियो ।

सबै सर्त पालना गर्न सहमत भएपछि अनुमति दिइएको शर्माले बताए । विश्वविद्यालयले गत वर्षदेखि अस्पताल सञ्चालनमा ल्याएको हो । ३० जना स्वास्थ्यकर्मीबाट सेवा दिइरहेको अस्पतालमा अहिले ओपीडी सेवा सञ्चालनमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved