एलजीको नयाँ वर्ष उपहार : घरायसी सामान किन्दा भारी छुट

नेपालभ्युज

एलजीको नयाँ वर्ष उपहार : घरायसी सामान किन्दा भारी छुट

काठमाडौं । नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तर्राष्ट्रिय ब्रान्ड एलजीले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्षको सुखद सुरुवात, नगद र उपहारको साथ’ नामक योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले एलजीका घरायसी सामानहरू खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै १ लाख रुपैयाँको दुर्घटना बीमा, तथा लक्की ड्र मा एलजी ओलेड टिभी हरेक महिना जित्न सक्नेछन् ।

एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरूले ४०५ सम्मको क्याश ब्याक प्राप्त गर्न सक्नेछन् ।

साथै एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा माइक्रोवेभ ओभन, एलजी डबल डोर रेफ्रिजेरेटर(३०८ लिटर र माथि)को खरिदमा मिक्सर वा भेजिटेबल प्युरिफायर, एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटर सम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन(१० केजी र माथि)को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन(९ केजी सम्म)को खरिदमा ६ केजी डिटरजेन्ट पाउडर पाउन सकिन्छ ।

एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ लिटर डिटरजेन्ट लिकुइद, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट र एलजी एयर प्युरिफायरको खरिदमा एयर हिउमिडिफायर प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरूले फ्री इन्स्टलेशन सेवा पाउनेछन् । साथै ग्राहकहरूले हरेक महिना लक्की ड्र मार्फत २ वटा एलजी ओलेड टि.भी. जित्न सक्नेछन् । र कुनै पनि एलजी टि.भी. को खरिदमा १ लाख रुपैयाँको दुर्घटना बीमा पनि प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले यो बीमा मार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपूर्ति दाबी गर्न सक्नेछन् । ग्राहकहरूले लक्की ड्र र दुर्घटना बीमामा समावेश हुन विज्ञापनमा दिइएको छुट्टा छुट्टै क्यु आर कोड स्क्यान गरेर मागिएको विवरण भरेर रजिस्टर गर्नु पर्नेछ ।

यसका साथसाथै शून्य ५ ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामान सँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ ।

यो योजना चैत्र २१ गते देखी नेपाल अधिराज्य भरी सीमित अवधि को लागि लागू गरिएको छ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेकट्रोनिक्स रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved