यूरो बलियो हुँदा डलर स्थिर 

नेपालभ्युज

यूरो बलियो हुँदा डलर स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरोको भाउ केही बढेको छ भने डलरको मूल्य स्थिर रहेको छ । बिहीबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८० पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४३ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ २४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ३३ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved