कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन् ।

संसद् बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्री शर्माले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने छन् । यसअघि उनले मङ्गलबार संसद्‌बाट विश्वासको मत लिने तयारी गरेका थिए ।

तर, केन्द्रमा सत्ता गठबन्धनसम्बद्ध दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश सत्ता साझेदार दल नेकपा (एमाले) को भागमा परेपछि उनले विश्वासको मतको कार्यक्रम एकदिन पछि सारेका थिए ।

अब यहाँ एमालेका संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved