अण्डाको समर्थन मूल्य तोकियो

नेपालभ्युज

अण्डाको समर्थन मूल्य तोकियो

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य यही चैत २२ गतेबाट लागू हुनेछ ।

नयाँ समर्थन मूल्यअनुसार मध्यम आकारका अण्डा प्रतिक्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ ।

त्यस्तै, ठूलो आकारका अण्डा प्रतिक्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल आकारका अण्डा प्रतिक्रेट ४५० रूपैयाँ कायम गरिएको छ ।

इटहरी, धनगढी र काठमाडौंमा यही चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको हो ।

संघले समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved