चीन भ्रमणका क्रममा भएका सहमति विस्तारै व्यवहारमा देखिनेछन् : परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ

नेपालभ्युज

चीन भ्रमणका क्रममा भएका सहमति विस्तारै व्यवहारमा देखिनेछन् : परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमण सफल भएको दाबी गर्दै भ्रमणका क्रममा भएका सहमति विस्तारै कार्यान्वयन हुने बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा समय मागेर बोल्दै परराष्ट्रमन्त्री श्रेष्ठ (Narayan Kaji Shrestha) ले सिमानामा रहेका १४ वटा परम्परागत नाका खोल्न चीन सहमत रहेको दाबी गरे । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा यहीँ चैत ११ देखि १९ गतेसम्म चीन भ्रमण गरेका मन्त्री श्रेष्ठले चीनसँग दुई पक्षीय मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउने आर्थिक विकास र समृद्धिलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर छलफल भएको जानकारी दिए ।

रसुवागढी, तातोपानी र कोराला नाका यसअघि नै सञ्चालनमा आएको र कोभिड अगाडि सञ्चालनमा रहेको १४ वटा परम्परागत नाका खोल्न चीन तयार भएको उनको भनाइ थियो । आर्थिक सहयोगात्मक सम्बन्धलाई केन्द्रमा राखेर छलफल भएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल चीन विविध आयामबारे चिनियाँ नेताहरूसँग छलफल गरेको उल्लेख गरे ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा क्रमशः सिमानाका खोल्ने सहमति भए पनि विविध कारणले रोकिएको उल्लेख गर्दैै उनले तत्काल व्यवहारमा देखिने गरी १४ वटा नाका खोल्ने सहमति भएको दाबी गरे ।

मन्त्री श्रेष्ठले सन् २०१६ देखि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकलाई भिसा निःशुल्क गरेको र चीन भ्रमणमा जान चाहने नेपालीलाई पनि भिसा निःशुल्क गर्न माग गरेको सदनलाई जानकारी गराएका थिए । यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved