गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

नेपालभ्युज

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने थियो ।

तर, विश्वासको मत नपाउने देखेपछि मुख्यमन्त्री पाण्डेले राजीनामा दिएका हुन् । अब नयाँ सत्ता गठबन्धनका तर्फबाट गण्डकीमा मुख्यमन्त्री चयन हुने छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved