कमल फूलको जरा खानुका फाइदा

नेपालभ्युज

कमल फूलको जरा खानुका फाइदा

एजेन्सी । कमल फूलको जरा स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसले शरीरलाई कयौं गम्भीर समस्याबाट बचाउँछ । आउनुहोस् आज यसका फाइदाका बारेमा जानौं–

कमलको फूलको जरमा भिटामिन सी, पोटाशियम, फस्फोरस, कार्बोहाइडेट, स्टार्च, फाइबर, एन्टीअक्सीडेन्ट र एन्टीइन्फ्लामेटरी गुण पाइन्छन् ।

यसले शरीरलाई धेरै रोगबाट जोगाउँछ ।

यदि तपाईंलाई पेट दुख्ने समस्या भइरहेको छ भने कमलको जरा खान सक्नुहुन्छ । यसभित्र एन्टीडायरिया प्रोपटी पाइन्छ जसले पेट दुख्ने तथा पखालाको समस्या कम गर्छ ।

मधुमेहका रोगीका लागि पनि यो एकदमै फाइदाजनक मानिन्छ । यसमा इथेनल अर्क हुन्छ जसले शरीरको इन्सुलिन बढाएर रगतमा ग्लुकोजको मात्रालाई कम गर्छ ।

कतिपय मानिसमा रगतको कमी भइरहेको हुन्छ । यस्तो अवस्थामा पनि कमलको जरा खान सकिन्छ । यसमा आइरनको मात्रा पाइन्छ जसले शरीरलाई रगतको कमी हुन दिँदैन ।

यदि छालामा कुनै प्रकारको समस्या छ भने पनि कमलको जरा खान सकिन्छ । यसमा पाइने भिटामिन सीले डन्डीफोर, चाउरीपना, दागधब्बा आदिको समस्याहरुबाट छुट्कारा दिन्छ ।

कमलको जरामा राम्रो मात्रामा पायरोडाक्सीन पाइन्छ जसले  स्ट्रेस तथा डिप्रेशनलाई कम गर्न सहयोग गर्छ । यसको सेवनले तनाव कम गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved