पाउण्डको मूल्य घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

पाउण्डको मूल्य घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

कठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्डको मूल्य केही घटेको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ७१ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved