बिस्का: जात्राका लागि श्री भैरवनाथको रथ निर्माण हुँदै (तस्वीरहरू)

बिस्का: जात्राका लागि श्री भैरवनाथको रथ निर्माण हुँदै (तस्वीरहरू)

भक्तपुर। प्राचीन सहर भक्तपुरमा मनाइने १५०० वर्षभन्दा पुरानो ऐतिहासिक एवम् सांस्कृतिक ‘बिस्का: जात्रा’ नजिकिदै गर्दा श्रीभैरवनाथको रथ निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ।

भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने यो जात्रा, काठमाडौँ उपत्यकाको पुरानो परम्परागत सांस्कृतिक जात्रामध्ये एक हो।

बिस्का: जात्राका लागि तान्त्रिक विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले श्रीभैरवनाथको रथ निर्माण कार्यका लागि अहिले स्थानीय कालिगडहरु जुटिरहेका छन् ।

लिच्छवीकालदेखि सुरु भएको यो ऐतिहासिक जात्रा बिक्रम संवतको नयाँ वर्षको चार दिनअगाडि मनाईन्छ। जात्राको पहिलो दिन श्रीभैरवनाथ र श्रीभद्रकालीको रथ तानेर सुरु गरिन्छ । यसपालिको बिस्का: जात्रा यही चैत्र २७ गतेदेखि सुरु हुनेछ।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved