कास्की दुर्घटना अपडेट : २ जनाको मृत्यु, घाइतेलाई पोखरा लगियो

नेपालभ्युज

कास्की दुर्घटना अपडेट : २ जनाको मृत्यु, घाइतेलाई पोखरा लगियो

कास्की । कास्कीको अन्नपूर्ण ४ भदौरेस्थित थामडाँडामा जिप दुर्घटना हुँदा दुई घाइते मध्ये २ जनाको ज्यान गएको छ । १० जना घाइतेको उपचार जारी छ ।

पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग.१.ज. ५५४७ नम्बरको यात्रुवाहक जिप सडकबाट ३ बजेर ५० मिनेटमा २ सय ५० मिटर तल खसेको थियो ।

मृतकको पहिचान खुलेको छैन । जिपमा १२ जना सवार थिए । घाइतेलाई उपचारका लागि पोखरा लगिएको छ ।

घटनास्थलबाट स्थानीय र नेपाल प्रहरीको सहयोगमा घाइते १० जनालाई उद्धार गरी पोखरास्थित अस्पताल पठाइएको पौडेलले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved