एचआर मिट २०२४ मा दुई अवार्डबाट एनसेल सम्मानित 

नेपालभ्युज

एचआर मिट २०२४ मा दुई अवार्डबाट एनसेल सम्मानित 

काठमाडौं । एचआर मिट २०२४ का अवसरमा आयोजना गरिएको कार्यक्रममा एनसेलले दुई अवार्डबाट सम्मान पाएको छ ।

स्वतन्त्र मानव संसाधन परामर्श कम्पनी ग्रोथ सेल्स प्रा.लिले आयोजना गरेको एचआर मिट २०२४ को विशेष समारोहमा शनिबार एनसेललाई यी अवार्डहरू प्रदान गरिएका हुन् ।

नेपालको मानव संसाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादन गरे बापत एनसेलले एचआर मिट २०२४ मा ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड २०२४’ जित्न सफल भएको छ ।

राष्ट्रिय मानव संसाधन उत्कृष्टता सम्मान अर्थात् नेशनल एचआर एक्सिलेन्स अवार्ड नेपालमा प्रदान गरिने सबैभन्दा ठुलो एचआर अवार्डको रूपमा चिनिन्छ र यसअघि एनसेलले नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२० पनि जितेको थियो ।

एनसेल एचआर मिट २०२४ मा दुई वटा विधामा अवार्ड प्राप्त गर्ने एक मात्र कम्पनी हो । यो सम्मान एनसेलले व्यवसाय सञ्चालनका हरेक पक्षमा उत्कृष्टताका लागि गरेका निरन्तरको प्रयासको प्रमाण हो ।

नेशनल एचआर एक्सिलेन्स सम्मानका साथै एनसेललाई ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड २०२४’ पनि प्रदान गरिएको छ । यस अवार्डले अन्तर्राष्ट्रिय सिकाइ र विकास अभ्यासहरूका साथ श्रम शक्तिको पोषण गर्ने कम्पनीको संस्कृति र प्रतिबद्धताको सम्मान गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved