सेयर बजारमा भारी गिरावट, परिसूचक दुई हजारको विन्दुमा 

नेपालभ्युज

सेयर बजारमा भारी गिरावट, परिसूचक दुई हजारको विन्दुमा 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १७ दशमलव ३० अंकले घटेर २०१८ दशमलव ३३ को विन्दुमा पुगेको हो ।

आज ३१६ कम्पनीका ६७ हजार ०४४ पटकको कारोबारमा ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५१ अंकले घटेर ३५६ दशमलव ५८को विन्दुमा पुगेको छ । आइतबार सबैभन्दा बढी कारोबार हाइड्रोपावर कम्पनीहरूको भएको छ भने सबैभन्दा कम म्युचुअल फन्डहरूको भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved