शनिबार झुक्किएर पनि नगर्नुस् यी पाँच काम

शनिदेव कर्मको हिसाबले फल प्रदान गर्ने गर्छन् भन्ने विश्वास गरिन्छ । नराम्रो काम गर्नेहरूसँग शनि देव रिसाउने र सजाय दिन्छन् भन्ने पनि विश्वास गरिन्छ ।

नेपालभ्युज

शनिबार झुक्किएर पनि नगर्नुस् यी पाँच काम

शनिदेव कर्मको हिसाबले फल प्रदान गर्ने गर्छन् भन्ने विश्वास गरिन्छ । नराम्रो काम गर्नेहरूसँग शनि देव रिसाउने र सजाय दिन्छन् भन्ने पनि विश्वास गरिन्छ ।

ज्योतिषका अनुसार शनिवार केही यस्ता कामहरू गर्न हुँदैन । ती कामहरू गर्दा शनि ग्रह कमजोर हुन्छ ।

१. फलामलाई शनिको धातु मानिन्छ । शनिबार फलाम घरमा ल्याउनुहुँदैन । यस दिन फलामबाट बनेका सामानहरू दान गर्नु शुभ मानिन्छ ।

२. शनिबार मासको कालो दाल किन्न हुँदैन । शनिबार यो दालबाट बनेको खिचडी दान गर्दा शुभ हुने विश्वास गरिन्छ ।

३. शनिबार सरसोँको तेल घरमा ल्याउनुहुँदैन । तर, यस दिन यो तेल दान गर्न सकिन्छ । शनि देवलाई प्रशन्न बनाउन तेल शनिदेवलाई अभिषेक गराउँन सकिन्छ ।

४.शनिबार जुत्ता चप्पल किन्न हुँदैन । शनिबार जुत्ता चप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।

५. शनिदेव न्यायका देवता हुन् । शनिवार उनको विशेष पूजाआरधाना हुने भएकाले यो दिन कसैको पनि अपमान गर्नुहुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved