डेब्यू फिल्ममा अरूकै आवाज प्रयोग गरिएका बलिउडका चर्चित अभिनेत्री

नेपालभ्युज

डेब्यू फिल्ममा अरूकै आवाज प्रयोग गरिएका बलिउडका चर्चित अभिनेत्री

एजेन्सी । बलिउडमा केही अभिनेत्रीहरू त्यस्ता छन्, जसको आवाज उनीहरूको पहिलो फिल्मका लागि सही मानिएन । जसले गर्दा निर्माताले उनीहरूको आवाज डब गरेका थिए ।

ज्याकलिन फर्नाडिज

बलिउडकी ग्ल्यामरस अभिनेत्री जैकलिन फर्नाडिसले ‘अलादिन’ फिल्मबाट बलिउड प्रवेश गरेकी थिइन् । यस फिल्ममा उनको आवाज डब गरिएको थियो । यानिकी उनको आवाज त्यहाँ नसुहाएपछि अन्य महिलाको आवाज राखिएको थियो ।

प्रीति जिन्टा

यो लिस्टमा अभिनेत्री प्रीति जिन्टाको नाम पनि सामेल छ । उनले धेरै चर्चित तथा सानदार फिल्महरूमा काम गरिसकेकी छन् । तर, उनको फिल्म ‘सोल्जर’मा उनको आवाजलाई डब गरिएको थियो ।

विपाशा बसु

अभिनेत्री विपाशा बसुले पनि आफ्नो डेब्यू फिल्म ‘अजनबी’मा आफ्ना डायलग आफै बोलिनन् । उनको डायलगहरूमा कोही अन्य महिलाले आवाज दिएकी थिइन् ।

दीपिका पादुकोण

दीपिकाको पहिलो फिल्म ‘ओम शान्ति ओम’ सुपरहिट भएको थियो । तर, उक्त फिल्ममा उनले अभिनय राम्रो गरे पनि उनको आवाज भने छैन । उक्त फिल्ममा उनको आवाज अन्य महिलाले डब गरिन् ।

कैटरीना कैफ

अहिले धेरैकी मनपर्ने अभिनेत्री कैटरीना कैफका पनि सुरूवाती केही फिल्महरूमा उनको आवाज छैनन् । सुरुवाती दिनमा उनलाई भाषाको पनि समस्या भएकाले उनको आवाज डब गराइन्थ्यो ।

रानी मुखर्जी

पछि गएर सबैलाई मन परेको रानी मुखर्जीको मोटो आवाज पहिलो फिल्ममा भने थिएन । उनको पनि आवाजले समस्या आउँछ कि भन्ने शंकाले डब गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved