सुनको मूल्यले बनायो अर्को कीर्तिमान

नेपालभ्युज

सुनको मूल्यले बनायो अर्को कीर्तिमान

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन (Gold) को मूल्यले पुनः कीर्तिमान बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

बिहीबार छापावाल सुन तोलामा १ हजार १ सय रुपैयाँले बढेर १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत चैत ८ गते सुन प्रतितोला एक लाख २७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुनको मूल्य तोलाको १ लाख २७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved