मुम्बई बन्यो एसियाकै धेरै अर्बपति बस्ने सहर, चीन अर्बपतिहरूको देश

नेपालभ्युज

मुम्बई बन्यो एसियाकै धेरै अर्बपति बस्ने सहर, चीन अर्बपतिहरूको देश

काठमाडौं । धेरै अर्बपति बस्ने सहरहरूको सूचीमा भारतको मुम्बईले छलाङ्ग मारेको छ ।

हुरून रिसर्च इन्स्टिच्युटले जारी गरेको प्रतिवेदनअनुसार मुम्बई चीनको राजधानी बेइजिङलाई उछिन्दै एसियामा सबैभन्दा धेरै अर्बपति बस्ने सहर बनेको हो ।

यससँगै मुम्बई धेरै अर्बपतिहरू बस्ने विश्वकै तेस्रो सहरसमेत भएको छ ।

इन्स्टिच्युटको प्रतिवेदनअनुसार मुम्बईमा ९२ जना अर्बपति बस्छन् । गत वर्ष मुम्बईमा २६ जना नयाँ अर्बपति थपिएका छन् ।

यता, बेइजिङबाट भने १८ जना अर्बपति बाहिरिएका छन् । अहिले बेइजिङमा ९१ जना अर्बपति बस्छन् ।

विश्वको सबैभन्दा धेरै अर्बपति बस्ने सहर भने अमेरिकाको न्यूयोर्क रहेको छ । यहाँ ११९ जना अर्बपतिको बसोवास छ । दोस्रोमा बेलायतको राजधानी सहर लण्डन रहेको छ । लण्डनमा ९७ जना अर्बपतिको बसोवास रहेको छ ।

समग्रमा भारतमा २७१ अर्बपति छन् । सन् २०२३ मा भारतको अर्थतन्त्र ७.५ प्रतिशतले बढ्दा ९४ जना अर्बपति थपिएका छन्।

भारतको सबैभन्दा धनी भने मुकेश अम्बानी हुन् । उनीसँग ११५ अर्ब डलर सम्पत्ति छ भने दाेस्राे स्थानमा रहेका अर्बपति गौतम अदानीसँग ८६ अर्ब डलर छ।

यता, सबैभन्दा धेरै अर्बपति हुने मुलुकमा भने चीन नै शीर्षस्थानमा कायम छ। त्यहाँ ८१४ अर्बपति छन् । तर, सन् २०२२ को तुलनामा १५५ जना अर्बपतिको संख्या घटेको छ।

६३ अर्ब डलरसहित चोङ सानसान चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन्।

सन् २०२३ मा १०९ जना अर्बपति थपिएपछि अमेरिकासँग ८०० अर्बपति पुगेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved