बुद्ध एअरको जहाज पोखरामा ल्याण्ड गर्न नसकेर काठमाडौं नै फर्कियो

नेपालभ्युज

बुद्ध एअरको जहाज पोखरामा ल्याण्ड गर्न नसकेर काठमाडौं नै फर्कियो
फाइल तश्वीर

काठमाडौं । पोखराका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्ड हुन नसकेर काठमाडौं नै फर्किएको छ ।

आइतबार बिहान पोखराको लागि उडेको एटीआर ७२ जहाज पोखरामा ल्याण्ड हुन नसकेपछि फर्किएको हो ।

पोखरा विमानस्थल क्षेत्रमा चराहरुको गतिविधि बढेपछि ल्याण्ड गर्न समस्या भएकोले काठमाडौं फर्कनु परेको बुद्ध एअरले जनाएको छ ।

काठमाडौं फर्काइएका यात्रुलाई पोखरा विमानस्थलको अवस्था बुझेर लैजाने बुद्ध एअरका सूचना अधिकृत दीपेन्द्र कर्णले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved