३० खर्बको बजेट ल्याउन अर्थमन्त्रीलाई महतको शुभकामना

नेपालभ्युज

३० खर्बको बजेट ल्याउन अर्थमन्त्रीलाई महतको शुभकामना

काठमाडौं । निवर्तमान अर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले ठूलो आकारको बजेट ल्याउँदा दीर्घकालिन दायित्व सिर्जनाले अर्थमन्त्री वर्षमान पुनले टाउकोमा हात राख्नुपर्ने अवस्था आउने दाबी गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा भाग लिँदै यस्तो दाबी गरे ।

उनले वर्तमान गठबन्धन सरकारले २१ खर्बको बजेट ल्याउने तयारी गरेको भन्दै असन्तुष्ट व्यक्त गरे ।

३० खर्बको बजेट ल्याउन अर्थमन्त्रीलाई शुभकामना दिँदै बजेट प्रस्ताव गर्ने काल्पनिक आम्दानीको स्रोत देखाउने,सबै ठाउँमा बजेट दिने र कार्यकर्ताले चाहेका मागहरूलाई वितरण गर्ने खालको नल्याउन सुझाव दिए ।

महतले यस्तो बजेट ल्याउँदा सबै केही क्षण खुशी भएको जस्तो देखिए पनि बजेटले गर्ने दीर्घकालिन दायित्व सिर्जना र घोषणा पूर्तिको बेलामा अर्थमन्त्रीले टाउकोमा हात राख्नुपर्ने स्थिति आउने दाबी गरे ।

पार्टीको नेतृत्व गरेर अर्थमन्त्री भएर सरकारमा बस्दा एकलव्य दृष्टिकोण लिएर अर्थतन्त्रलाई सुधार गर्ने कामलाई प्राथमिकता दिएर काम गरेको उनले बताए ।

साथै, महतले आफूले पार्टीलाई प्राथमिक भन्दा पनि देश र जनता प्राथमिकता दिएको दाबी गरे ।

पार्टीको पक्षमा पृष्ठपोषण गर्ने काम भन्दा पनि बजेटमा देखिएको बेथितिलाई थितिमा ल्याउने काम गरेको उनको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved