रुसमा अमेरिकाले आक्रमण गरे चीनले सेना पठाउने!

नेपालभ्युज

रुसमा अमेरिकाले आक्रमण गरे चीनले सेना पठाउने!

काठमाडौं । चीनको रक्षा मन्त्रालयका एक प्रतिनिधिले अमेरिका वा नाटो देशले रुसमाथि आक्रमण गरे चीनले सेना पठाउने दाबी गरेका छन् ।

दैनिक भास्करका अनुसार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले नाटोले युक्रेनमा सेना पठाउनुपर्ने बताएको समयमा चिनियाँ प्रतिनिधिको यस्तो भनाई सार्वजनिक भएको हो ।

यसैबीच गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई चेतावनी दिँदै रुस आणविक युद्धका लागि तयार रहेको र युक्रेनमा अमेरिकी सेना तैनाथ गरेमा युद्ध झनै विनाशकारी हुने बताएका थिए ।

फ्रान्सेली राष्ट्रपतिले गत महिना फ्रान्सेली राष्ट्रपतिले युक्रेनमा सेना अवतरण गर्ने सम्भावनालाई अस्वीकार गरेका थिए ।

उनले शुक्रबार पनि यही कुरा दोहोर्‍याए। उनले फ्रान्सेली अखबार ला पेरिसियनलाई भने, ‘म पनि यो हुन चाहन्न। म यसलाई पहल पनि गर्दिनँ, तर हामीले युक्रेनमा रुसी सेनालाई भगाउनको लागि भूमिगत अपरेशन गर्न आवश्यक छ ।’

यस्तै, म्याक्रोनको बयानपछि इटालीले मार्च १७ मा नेटोले युक्रेनमा सेना पठाए तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएको छ ।

इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले एक अन्तर्वार्ताका क्रममा भने, ‘नेटोले युक्रेनमा आफ्ना सेना पठाउनुपर्छ भन्ने मलाई लाग्दैन । यदि यस्तो भयो भने यो ठूलो गल्ती हुनेछ । युक्रेनमा प्रवेश गरी रुससँग लड्नु भनेको तेस्रो विश्वयुद्धलाई निम्तो दिनु हो।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved