दीपक मनाङेले लिए मन्त्रीको शपथ

नेपालभ्युज

दीपक मनाङेले लिए मन्त्रीको शपथ

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङे ऊर्फ राजीव गुरुङले शपथ लिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए ।

मनाङेले आइतबार मात्रै नेकपा (एकीकृत समाजवादी) त्यागेका थिए । यसअघि पनि स्वतन्त्र सांसद रहेका मनाङे २०७९ मंसिर १९ गते एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर, फेरि उनी स्वतन्त्र सांसद भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved