आईसीसी अध्यक्ष बार्क्ले काठमाडौं उत्रँदै, प्रधानमन्त्री र खेलसम्बद्ध पदाधिकारीलाई भेट्ने

नेपालभ्युज

आईसीसी अध्यक्ष बार्क्ले काठमाडौं उत्रँदै, प्रधानमन्त्री र खेलसम्बद्ध पदाधिकारीलाई भेट्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्क्ले आज अपराह्न नेपाल आउने भएका छन् ।

वुमन्स प्रिमियर लिगको फाइनल खेल हेर्न भारत आएका उनी आज अपराह्न चार बजे काठमाडौं आउन लागेका हुन् । उनी चार दिन काठमाडौंमा रहनेछन् ।

नेपाल भ्रमणका क्रममा अध्यक्ष बार्क्लेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ र क्रिकेट सङ्घका पदाधिकारीसँग छलफल गर्ने छन् ।

मंगलबार क्यानका बोर्ड सदस्यहरूसँग छलफल गर्ने उनले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानको पनि भ्रमण गर्ने छन् ।

यसैगरी बुधबार उनलाई माउन्टेन फ्लाइट गराउने तयारी नेपाल क्रिकेट संघ (क्यान)ले गरेको छ । काठमाडौं बसाइका क्रममा आईसीसी अध्यक्ष बार्क्लेले स्वयम्भू, पाटन दरबार स्क्वायर र बौद्ध स्तुपाको पनि भ्रमण गर्ने छन् ।

उनी बिहीबार बिहान नयाँ दिल्ली फर्कनेछन् । शुक्रबार सुरु हुने इन्डियन प्रिमियर लिगको उद्घाटन समारोहमा सहभागी भएर ग्रेग स्वदेश फर्कने आईसीसीले उल्लेख गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved