महत भन्छन् : अर्थमन्त्री हुँदा प्रधानमन्त्रीलाई सहयोग गरेन भन्नु झुट हो

नेपालभ्युज

महत भन्छन् : अर्थमन्त्री हुँदा प्रधानमन्त्रीलाई सहयोग गरेन भन्नु झुट हो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा निवर्तमान अर्थमन्त्री प्रकाश शरण महतले पदमा रहँदा प्रधानमन्त्रीलाई सहयोग गरेको दाबी गरेका छन् ।

मंगलबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले अर्थमन्त्रीका रूपमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सक्दो सहयोग गरेको बताएका हुन् ।

अर्थमन्त्रीले सहयोग गरेन भन्नु झुट भएको महतले बताए । ‘के गर्न सम्भव छ, के छैन भनेर प्रष्ट कुरा भएको थियो । त्यसमा प्रधानमन्त्री पनि समझदार हुनु भएको थियो । अहिले आएर अर्थमन्त्रीले सहयोग गरेन भन्ने झुट हो ।’ उनले भने ।

महतले आफ्नो कार्यकालमा उपलब्धि देखिने काम गरेकोसमेत दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved