बागमती प्रदेश सभाको बैठक बस्दै

नेपालभ्युज

बागमती प्रदेश सभाको बैठक बस्दै

काठमाडौं । बागमती प्रदेश सभाले संसद बैठक बोलाएको छ । बैठक अपराह्न ३ बजे बस्ने छ । प्रदेश सभा बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

११ सदस्यीय समितिले कार्यविधि निर्माण गरी सत्तापक्ष र प्रतिपक्षबीचको सहमति लगायत विषयमा अध्ययन तथा परामर्श गरी बैठकमा प्रतिवेदन पेश गर्न सभाले निर्देशन दिएको थियो ।

प्रदेशसभा बैठक अघि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । बैठकले प्रदेशसभाको अन्य कार्यसूची तयार पार्ने प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved