अस्पतालमा टिकट काट्न लाइनमा बस्दाबस्दै गयो युवाको ज्यान

नेपालभ्युज

अस्पतालमा टिकट काट्न लाइनमा बस्दाबस्दै गयो युवाको ज्यान

काठमाडौं । चितवनको एक अस्पतालमा उपचार गर्न टिकट काट्न लाइनमा बसेका एक युवकको ज्यान गएको छ ।

‘बकुलहर रत्ननगर अस्पताल’मा ओपीडी सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएको बताइएको छ ।

रत्ननगर ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर बिहान १० बजे लाइनमा बसेका बेला अचानक ढलेका थिए ।

लगतै ज्यान गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले जानकारी दिए । उनी मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका थिए ।

लगातार दुई दिन सार्वजनिक बिदापछि अस्पताल खुलेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved