सिन्धुलीमा बोलेरो गाडी दुर्घटना हुँदा १२ घाइते

सिन्धुलीको दुधौली–१, हप्ते डाँडामा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार प्र २–०४–००१ च ००५६ नम्बरको बोलेरो गाडी सडकबाट खसेको हो । 

नेपालभ्युज

सिन्धुलीमा बोलेरो गाडी दुर्घटना हुँदा १२ घाइते
सांकेतिक तस्वीर।

काठमाडौं । सिन्धुलीको दुधौली–१, हप्ते डाँडामा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार प्र २–०४–००१ च ००५६ नम्बरको बोलेरो गाडी सडकबाट खसेको हो ।

अनियन्त्रित भएर सडकबाट अन्दाजी १५ फिट तल खस्दा त्यसक्रममा१२ जना घाइते भएको हुन् ।

घाइते हुनेहरुमा महोत्तरीका पवन यादव, ललितादेवी यादव, रामकुमारी महतो, रामएकचाल सिंह, विवाकुमारी सिंह, चन्द्रकुमारी सिंह, निलम यादव छन् । उनीहरुको वर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।

घाइते धिरज सिंह, सोभा सिंह, मञ्जु सिंह, अन्जु सिंह र राम अवतार महतोको भने आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved