एलपी ग्यासको मूल्य १०० रुपैयाँ घटाउने भारत सरकारको घोषणा

नेपालभ्युज

एलपी ग्यासको मूल्य १०० रुपैयाँ घटाउने भारत सरकारको घोषणा

काठमाडौं । भारतको केन्द्र सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार एलपी ग्यास सस्तो बनाउने घोषणा गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स बाट ट्वीट गर्दै सरकारले एलपी ग्यासको मूल्य सिलिन्डरमा १०० रुपैयाँ छुट दिने निर्णय गरेको बताएका छन् ।

उनले लेखेका छन्, ‘आज महिला दिवसको अवसरमा हामीले ग्यास सिलिन्डरको मूल्यमा १०० रुपैयाँ छुट दिने ठूलो निर्णय गरेका छौं । यसले महिला शक्तिको जीवन सहज मात्रै होइन करोडौं परिवारको आर्थिक बोझ पनि कम गर्नेछ । यो कदम पर्यावरण संरक्षणमा पनि सहयोगी हुनेछ, जसले सम्पूर्ण परिवारको स्वास्थ्य सुधार गर्नेछ।’

प्रधानमन्त्रीले आफ्नो ट्विटमा भनेका छन्, ‘यो निर्णय महिला सशक्तिकरण र उनीहरुको जीवन सहज बनाउने हाम्रो प्रतिबद्धता अनुरूप छ ।’

दुई दिनअघि बुधबार मात्रै सीएनजीको मूल्य घटाउने घोषणा गरिएको थियो ।

बुधबार प्रतिकिलो २.५ रुपैयाँ घटाएपछि दिल्लीमा सीएनजीको मूल्य ७४.०९ रुपैयाँमा झरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved