मिटरब्याज पीडितको वार्ता टोलीका संयोजक कुशवाहसहित १३ जना पक्राउ

नेपालभ्युज

मिटरब्याज पीडितको वार्ता टोलीका संयोजक कुशवाहसहित १३ जना पक्राउ

काठमाडौं । मिटरब्याज ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष एवं वार्ता टोलीको संयोजक अवधेश कुशवाह पक्राउ परेका छन् ।

उनीसहित १३ जनालाई बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ पर्नेमा ४ महिला र ९ जना पुरुष छन् । उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ ।

मिटरब्याज पीडितले अध्यक्ष कुशवाहको नेतृत्वमा सरकारी वार्ता टोलीसँग वार्ता गरिरहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved