त्रिशुली बस दुर्घटना अपडेट: एक महिलासहित पाँच जनाको मृत्यु, ३३ जनाको उद्दार

नेपालभ्युज

त्रिशुली बस दुर्घटना अपडेट: एक महिलासहित पाँच जनाको मृत्यु, ३३ जनाको उद्दार

काठमाडौं । काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा एक महिलासहित पाँचजनाको मृत्यु भएको बताइएको छ । मृतकको परिचय खुल्न सकेको छैन । दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन् ।

बसका चालक समेत घाइते भएका छन् । घाइते सबैलाई ससस्त्र प्रहरी बलको टोलीले उद्दार गरी उपचारका लागि अस्पताल पठाएको छ ।

कपिलबस्तुबाट काठमाडौं आउदै गरेको लु २ ख २१२१ नम्बरको बस आज बिहान ४ बजेतिर धादिङको गजुरी गाउँपालिकको घाटबेसीस्थित पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । बसमा ५० जना यात्रु सवार रहेको बताइएको छ ।

कुरिनटारबाट ससस्त्र प्रहरी निरिक्षकको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

काठमाडौं आउदै गरेको बस त्रिशुलीमा खस्यो, उद्दार जारी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved