चीनले बढायो रक्षा बजेट

नेपालभ्युज

चीनले बढायो रक्षा बजेट

काठमाडौं । यसपटक चीनले आफ्नो सेनाका लागि २३ अर्ब डलरभन्दा बढी खर्च गर्ने भएको छ ।

चीन सरकारले यस वर्षको लागि २३.१३ अर्ब डलरको रक्षा प्रावधानको मस्यौदा तयार गरेको हो । यो गत वर्षको रक्षा बजेटको तुलनामा ७.२ प्रतिशत बढी हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र मानिने ‘ग्लोबल टाइम्स’ले सन् २०१६ यता चीनको रक्षा बजेटको वृद्धि १० प्रतिशतभन्दा कम रहेको उल्लेख गरेको छ ।

चीनको रक्षा बजेट १० प्रतिशतभन्दा कमले बढेको यो लगातार नवौं वर्ष हो । सैन्य मामिलाका विशेषज्ञ झाङ जुन्सेले ग्लोबल टाइम्सलाई चीनको रक्षा बजेट स्थिर रहेको बताएका छन् ।

धेरै देशले आफ्नो रक्षा बजेटमा उल्लेख्य वृद्धि गरिरहँदा चीनको भने दश प्रतिशतभन्दा बढी वृद्धि भएको छैन ।

उनले अमेरिका र इजरायलले आफ्नो रक्षा बजेटमा उल्लेख्य वृद्धि गरेको बताए । चीनसँग एसियामा सबैभन्दा ठूलो सेना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved